Friday, July 3

आज बारा र चितवनमा चुनावी सभा गर्दै सत्ता गठबन्धन

नेपालअखबार, काठमाडाैं। सत्ता गठबन्धनले आज बारा र चितवनमा चुनावी सभा गर्ने भएका छन्।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्ता गठबन्धन दलका शीर्ष नेता चुनावी सभाका लागि बारा र चितवन जाने कार्यक्रम छ।

Advertisement
Advertisement

बारामा कार्यक्रम गरेपछि आजै चितवनको कालिका नगरपालिका पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा अपरान्ह ३ बजे चुनावी सभा हुनेछ।

Advertisement

सत्ता गठबन्धनले तनहुँको डुम्रेमा बुधबार चुनावी सभा गरेका थिए।

तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनबाट उपनिर्वाचनका लागि उम्मेदवार छन्।