Monday, April 20

कांग्रेस उम्मेदवार गोविन्द्र भट्टराईले गरे मतदान

नेपालअखबार, तनहुँ । तनहुँ– १ को उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले मतदान गरेका छन् । भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने गरेका हुन् ।  तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो ।

उपनिर्वाचनका लागि कांग्रेसबाट  भट्टराई, एमालेबाट सर्वेन्द्र  खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् । उपनिर्वाचनका लागि एक लाख २३ हजार तीनसय पाँच मतदाता  छन् ।

Advertisement