राजनीतिसमाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचार भएको भन्दै नेता रायमाझीद्वारा प्रहरी महानिरीक्षकको ध्यानाकर्षण

नेपालअखबार,  काठमाडौं । नेकपा ( एकीकृत समाजवादी) का स्थायी कमीटी सदस्य आलोक रायमाझीले नेपाल प्रहरी महानिरीक्षक बसन्त कुवरसँग छलफल गर्नुभएको छ  ।

देशको सुरक्षा चुनौती बढेको र ८ सय ७५ जना नेपाली नागरिक लाई नक्कली भुटानी शरणार्थी बनाई अर्बौ‌ भ्रष्टाचार गरेको विषयमा महानिरीक्षकको ध्यानाकर्षण गारएको नेता रायमाझीले बताउनु भयो  ।

महानिरीक्षक कुवरले उक्त विषय अनुसन्धानकै क्रममा रहेको र यो घटनामा मुछिएकाहरूलाई कुनै पनि प्रभाव र पहुको वास्ता नगरी सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो  ।

the authoradmin