राजनीतिसमाचार

परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान

नेपालअखबार, काठमाडाैं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गरेका छन्।

बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।

साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी बेलायत प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो।

परराष्ट्र मन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

the authoradmin