नेपालअखबार, काठमाडौं। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७,८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका तय गरेको छ।सरकारले शुक्रबार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक)मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।