Saturday, May 30

बर्दियामा हात-खुट्टाबिनाको एक पुरूषको शव फेला

नेपालअखबार,बर्दिया । बर्दियामा हात-खुट्टाबिना एक जना पुरूषको शव फेला परेको छ।

गेरूवा गाउँपालिका वडा नं. ४ दंगपुरका ५१ वर्षीय शिवप्रसाद थारूको शव परेको प्रहरीले जनाएको छ।

Advertisement

थारू जेठ २ गते साँझपख गाउँका अन्य मानिसहरूसँगै स्थानीय खोलामा माछा मार्न भनेर गएका थिए। थारू घर फर्केर नआएपछि उनको खोजी भएको थियो।

शव फेला परेको नजिकै दुइटा गोही पनि देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए।

शवको प्रकृतिलगायत अन्य सबै कुरा नियाल्दा थारूको मृत्यु गोहीको आक्रमणबाट भएको र पछि गोहीले नै हातखुट्टा खाएको हुन सक्ने अनुमान गरिएको बोहोराले बताए।

थारूको शव पोष्टमर्टमपछि बुधबार नै आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।