
नेपालअखबार, काठमाडैँ । सरकारले आगामी आर्थिक वर्षदेखि निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउने जनाएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिकसँगै अन्तर्राष्ट्रिय विमानस्थलहरुको स्तरोन्नतीसँगै विकासमा विशेष प्राथमिकता दिने जनाउँदै निजगढ विमानस्थल बनाउन अग्रसरता लिने जनाएका हुन् ।यसअघि वन फडानी तथा रुख कटाउनका विवादकाबीच सर्वोच्चले सो विमानस्थल निर्माण कार्य रोक्न आदेश दिएको थियो ।

