Tuesday, May 26

चितवनमा गैंडाको आक्रमणबाट एकको मृत्यु

नेपालअखबार, चितवन । गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ।

अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गै|डाले आक्रमण गरेको हो। गै|डाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो।

यस्तै गैंडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते छन्। रेग्मी सामान्य घाइते भएको र उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ।