राजनीतिसमाचार

मधेस सरकारमा एकीकृत समाजवादी सहभागी, न्यौपाने कृषिमन्त्री

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेश सरकारमा सहभागी भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद गोविन्द न्यौपाने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले न्यौपानेलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री न्यौपानेले सपथको तयारी भइरहेको जानकारी दिनुभयो ।

the authoradmin