राजनीतिसमाचारहाइलाइट-समाचार

के भनेका छन् महराले विज्ञप्तीमा ? हेर्नुस्

काठमाडौं- बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट रिहाइ भएका पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकता रहेको बताएका छन् ।

सोमबार डिल्लीबजार कारागारबाट रिहाइ भएपछि उनले विज्ञप्ति जारी गर्दै आफूलाई सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’

उनले  यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति समेत हार्दिक आभार प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।’

उनले मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको समेत बताएका छन्।

यस्तो छ विज्ञप्ति 

the authoradmin

Leave a Reply