राजनीतिविश्वसमाचार

रियाद र बेइजिङसँग कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

Nepal Akhabar

नेपालअखबार, एजेन्सि। अमेरिकाले चार विषयलाई आफ्नो कूटनीतिको मुख्य आधार मान्छ– सुरक्षा, समृद्धि, लोकतन्त्र र विकास । चीन र साउदी अरब दुवै लोकतन्त्र मान्दैनन् । त्यहाँ विकासको कुनै कमी पनि छैन । चीनबाट अमेरिकालाई सुरक्षा चुनौती छ । साउदी अरबबाट सस्तो तेल आपूर्ति गरेर भण्डारण गर्दै महँगोमा बेचेर समृद्धिमा थप टेवा पु¥याउने अमेरिकी स्वार्थ छ ।

चीन र साउदी अरब दुवै मुलुकसँग अमेरिकाको सम्बन्ध बिग्रिएको थियो । विग्रदो कूटनीतिक सम्बन्धका कारण चार आधारमध्ये दुई आधारमा चुनौती थपिएपछि वासिङ्टन सम्बन्ध सुधारमा लागेको छ ।

गत साता चीनका रक्षामन्त्री ली साङफुले चीन र अमेरिकाबीच द्वन्द्व भएमा विश्वमा असह्य विपत्ति पैदा हुने चेतावनी दिएका थिए । यो विपत्ति टार्नका लागि बेइजिङ वासिङ्टनसँग संवादका लागि तयार रहेको बताएका थिए ।

त्यसको केही दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले विषम परिस्थिति आउन लागेको भन्दै सामनाका लागि तयार हुन आफ्ना सेनालाई निर्देशन दिएका थिए ।

धार ल्याउन सक्रिय हुने बताएसँगै अमेरिकाले अरबमा कूटनीतिक सक्रियता देखाएको जानकारहरूको मत छ ।

‘रियाद र बेइजिङको झाँगिदो सम्बन्धले अमेरिका तनावमा छ । सम्बन्ध उनीहरूको सम्बन्ध थप निकट नहुने स्थिति बनाउनका लागि ब्लिंकेन त्यहाँ पुगेका हुन्’, डिफेन्स अफ डेमोक्रेसी संस्थाका वरिष्ठ सल्लाहकार रिचार्ड गोल्डवर्ग भन्छन् ।

रियाद र वासिङ्टनको सम्बन्ध सन् २०१९ देखि विग्रिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति हुनुअघिको अभियानमा रियादलाई असामाजिक भनेका थिए  । आफू राष्ट्रपतिमा निर्वाचित भए रियादलाई त्यसैगरी व्यवहार गर्ने उनको उदघोष थियो ।

सन् २०२१ मा बाइडेन प्रशासनले आफ्नो जासुसी संयन्त्रको प्रतिवेदन सार्वजनिक गर्दै वासिङ्टनका स्तम्भकार जमाल खसोजीको हत्या राजकुमार सलमानको निर्देशनमा भएको बतायो । त्यसपछि दुई मुलुकको सम्बन्धमा थप चिसोपना आयो ।

– एजेन्सीको सहयोगमा

the authoradmin