खेलकुदसमाचार

प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीता २०८०ः कास्की प्रथम

नेपालअखबार, पोखरा । पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीतामा कास्की प्रथम भएको छ । उपाधीका लागि फाईनल खेलमा कास्कीले तनहुँलाई १ ण्० गोल अन्तरले हराएर उपाधी चुमेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुबैतर्फबाट एक–एक को बराबरी पछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको हो । प्रदेश खेलकूद परिषद, गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा तनहुँ कास्की स्याङ्जा, पर्वत, बाग्लुङ्गको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम,द्धतिय हुनेले क्रमशः२० हजार र १० हजार सहित शिल्ड,म्डल र प्रमाणपत्र प्राप्त गर्नुका सार्थ सान्तवना पुरस्कार स्वरुप सम्पुर्ण सहभागी टिमलाई ५र५ हजारका दरले पुरस्कृत गरिएको छ । कार्यक्रम प्रदेश सांसद प्रकाश बरालको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीको सभापतित्व र राजन पौड्यालको सञ्चालनमा सम्पनन भएको थियो ।

 

the authoradmin