Monday, May 11

कञ्चन क्यापिटलले सोमबार रक्तदान गर्ने

नेपालअखबार, पोखरा । कञ्चल क्यापिटल प्रालिले ‘रक्तदान जीवनदान’ भन्ने नारासहित रक्तदानको आयोजना गर्ने भएको छ ।
संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा आगामी ४ गते सोमबार पोखरा २ अर्चलबोटस्थित कञ्चन डिपार्टमेन्टको प्रागंणमा आयोजना गर्ने कञ्चन क्यापिटलका अध्यक्ष विमल गुभाजुले जानकारी दिए ।
‘हामीले संस्थाको वार्षिकोत्सवको अवसरमा रचनात्मक कार्यक्रम गरौ भन्ने थियो, उनले भने, ‘अहिले पोखरामा रगतको अभाव भएको बुझिएकाले रक्तदानको आयोजना गर्न लागेका हौं ।’
उनका अनुसार संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गर्दै आएको छ ।
सोमबार बिहान ८ बजेदेखि रक्तदान सुरु हुने छ भने रक्तसञ्चार केन्द्र रामघाटले प्राविधिक सहयोग गर्ने छ ।

 

Advertisement