Thursday, July 16

माछापुच्छ्रे –१ शारदा मा.वि मा निशुल्क दंन्त परिक्षण

नेपालअखबार, हेमजा । लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा विहिबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

Advertisement

कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधि सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिनुभयो ।पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गर्नुभएको थियो । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

Advertisement
Advertisement

रेडियो हेमजाका स्टेशन म्यानेजर एंव लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीले आयोजक, प्रविधिक समुह ,विद्यालय परिवार लगाएत सहभागि विद्यार्थीहरुलाई बिषेश धन्यवाद दिदै शैक्षिक निरन्तरता साथ नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यमा लाग्नु पर्ने जोड दिनुभयो ।

Advertisement

क्लबका अध्यक्ष मनिष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लियो प्लेज लिं सिद्धर्थ सापकोटाले ,ध्वजाको अभिबादन लि.स्वस्थिका बरालले साथै सहजिकरण क्लबका प्रथम उपाध्यक्ष लिं अनिष दाहालले गर्नुभएको थियो ।