Sunday, May 10

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, समाजवादी मोर्चा गठनबारे छलफल हुने

नेपालअखबार,काठमाडाैं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Advertisement

आजको बैठक विशेषगरी समाजवादी मोर्चा गठनबारे छलफल हुने उनले बताए।  प्रवक्ता खतिवडाले समाजवादी मोर्चा गठन अन्तिम चरणमा पुगेको बताए।

बैठकमा मोर्चा बनाउने विषयमा भइरहेका कार्यहरूका बारेमा ब्रिफिङ हुने उनले बताए।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको चार दलीय मोर्चा आजै घोषणा गर्ने तयारी थियो।

‘समय मिल्यो भने आजै घोषणा हुन्छ, नभए भोलि पर्सीसम्म हुनसक्छ,’ प्रवक्ता खतिवडाले भने।