पर्यटनप्रदेश ४भिडिओसमाचारहाइलाइट-समाचार

गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)

Nepal Akhabar

गोरखा । गोरखा सदरमुकामदेखि भूकम्पको केन्द्र बारपाकसम्म मोटरसाईकल यात्रा सुरु भएको छ । भ्रमण बर्ष २०२० र गोरखा जाऔ अभियानलाई सफल बनाउन गोखा युथ क्लबले आयोजना गरेको अफरोड मोटरसाइकल ¥याली शनिबार बिहान १० बजे गोरखा बजारबाट हिडेको हो ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामको ठुलो आगनदेखि सुरु भएको यात्रामा एक सय ५० मोटरसाईकल सहित युवाहरु सहभागी भएको क्लबका सहसचिव आनन्द गुरुङ काजीले जानकारी दिए ।

यात्राको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् । कार्यक्रममा नगरप्रमुख पन्त सहित गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी ओमप्रसाद अधिकारी, कार्यक्रम संयोजक रञ्जित कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

¥याली आज बारपाक गएर बास बस्ने र भोली आइतबार सदरमुकाम फर्केर रानीपोखरी परिसरमा समापन हुने बताइएको छ । गोरखा सदरमुकाम देखि फिनाम, ताप्ले, झिंगटे, बगुवा, घ्याम्पेशाल, देउराली, ताकुकोट, सितागुफा, बालुवा हुँदै ¥याली शनिबार साँझ बारपाक पुग्नेछ ।

यात्राको सुभारम्भका क्रममा वाईक रियालिटी सो पल्सर डेयर भेन्चर सिजन ४ का बिजेता जेनिस गुरुङलाई सम्मान गरिएको छ । गोरखाको सिरानचोक गाउँपालिकाका घर भएका उनलाई गोरखा युथ क्लवले दोसल्ला र कदर पत्रले सम्मान गरेको हो ।

¥यालीमा सहभागी हुने मध्येबाट गोलाप्रथा गरि पहिलो हुनेलाई एक लाख, दोस्रो ७५ हजार पुरस्कार सहित १० जनालाई हेलमेट पुरस्कार दिने क्लवको योजना छ ।

¥यालीलाई तिन समुहमा विभाजन गरि सदरमुकामबाट पठाइएको छ । ¥यालीमा गोरखा सहित तनहुँ, कास्की, काठमाण्डौँ, चितवन लगायत बिभिन्न स्थानका युवाहरुको सहभागिता रहेको क्लबका सल्लाहकार दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
गोरखा बजारबाट यसरी सुरु भयो बाइक ¥याली ।

भिडियोमा हेर्नुस

the authoradmin

1 Comment

Leave a Reply