गोरखा । गोरखा सदरमुकामदेखि भूकम्पको केन्द्र बारपाकसम्म मोटरसाईकल यात्रा सुरु भएको छ । भ्रमण बर्ष २०२० र गोरखा जाऔ अभियानलाई सफल बनाउन गोखा युथ क्लबले आयोजना गरेको अफरोड मोटरसाइकल ¥याली शनिबार बिहान १० बजे गोरखा बजारबाट हिडेको हो ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामको ठुलो आगनदेखि सुरु भएको यात्रामा एक सय ५० मोटरसाईकल सहित युवाहरु सहभागी भएको क्लबका सहसचिव आनन्द गुरुङ काजीले जानकारी दिए ।
यात्राको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् । कार्यक्रममा नगरप्रमुख पन्त सहित गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी ओमप्रसाद अधिकारी, कार्यक्रम संयोजक रञ्जित कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
¥याली आज बारपाक गएर बास बस्ने र भोली आइतबार सदरमुकाम फर्केर रानीपोखरी परिसरमा समापन हुने बताइएको छ । गोरखा सदरमुकाम देखि फिनाम, ताप्ले, झिंगटे, बगुवा, घ्याम्पेशाल, देउराली, ताकुकोट, सितागुफा, बालुवा हुँदै ¥याली शनिबार साँझ बारपाक पुग्नेछ ।

यात्राको सुभारम्भका क्रममा वाईक रियालिटी सो पल्सर डेयर भेन्चर सिजन ४ का बिजेता जेनिस गुरुङलाई सम्मान गरिएको छ । गोरखाको सिरानचोक गाउँपालिकाका घर भएका उनलाई गोरखा युथ क्लवले दोसल्ला र कदर पत्रले सम्मान गरेको हो ।
¥यालीमा सहभागी हुने मध्येबाट गोलाप्रथा गरि पहिलो हुनेलाई एक लाख, दोस्रो ७५ हजार पुरस्कार सहित १० जनालाई हेलमेट पुरस्कार दिने क्लवको योजना छ ।
¥यालीलाई तिन समुहमा विभाजन गरि सदरमुकामबाट पठाइएको छ । ¥यालीमा गोरखा सहित तनहुँ, कास्की, काठमाण्डौँ, चितवन लगायत बिभिन्न स्थानका युवाहरुको सहभागिता रहेको क्लबका सल्लाहकार दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
गोरखा बजारबाट यसरी सुरु भयो बाइक ¥याली ।
भिडियोमा हेर्नुस





B52 được phát triển với hệ thống tối ưu nhằm nâng cao trải nghiệm của thành viên.
Sunwin đáp ứng nhu cầu giải trí với hệ thống được đầu tư và nâng cấp thường xuyên.
Rikvip là địa chỉ được nhiều người dùng quan tâm khi tìm kiếm nền tảng giải trí trực tuyến.