Thursday, July 16

समाजवादी मोर्चाबाट कोही पनि नतर्सिए हुन्छ : उपेन्द्र यादव

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी नभएको बताएका छन् ।

Advertisement

सोमबार काठमाडौंमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले यो मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताए ।

Advertisement
Advertisement

‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरु घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो, त्यसरी बडबडाउनु पर्दैन, हामी देशको, जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्छौं’ उनले भने ।

Advertisement

तर विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरु भने मोर्चासँग डराउनुपर्ने यादवले बताए ।

विगतमा धेरै मोर्चा बन्ने र भत्किने गरेको भन्दै यादवले यो मोर्चाप्रति पनि नागरिकमा आशंका रहेको बताए । तर यस्तो आशंकालाई व्यवहारबाट गलत सावित गर्ने उनले बताए । ‘त्यसलाई व्यवहारबाट गलत सावित गर्दै निश्चित उद्देश्य प्राप्तिका लागि वैचारिक राजनीतिक आधारमा निर्माण गरिएको मोर्चा हो’ यादवले भने ।