Monday, August 31

तनहुँमा पहिरोमा पुरिँदा मृत्यु हुनेको संख्या २ पुग्यो

नेपालअखबार, तनहुँ। तनहुँमा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

Advertisement

म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ ६ बजे पहिरोले पुरिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ।

Advertisement
Advertisement

मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Advertisement

घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।

गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए।

ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए।