Thursday, July 16

काठमाडौंको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

नेपालअखबार, काठमाडाैं । काठमाडौंमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।

Advertisement

शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको हो। सोही नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

पौडी खेल्ने क्रममा डुबेर अचेत फेला परेका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

Advertisement

साथै पौडी खेल्ने क्रममा अर्का एक जना युवक पनि डुबेका थिए। १९ वर्षीय सुरेन्द्र दाहालको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।