राजनीतिविचारसमाज

समाजवादको मूल उद्देश्य भनेको पुँजीवादको समाप्ति र उन्मूलन हो -नेता पौडेल

नेपालअखबार,माडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य लक्ष्मण पौडेलले समाजवाद पुँजीवादी राज्यसत्ता बिरूद्धको वैचारिक राजनैतिक र सांगठनिक हतियार भएको बताउनु भएको छ ।

समाजिक संजाल फेसबुकमा समाजवादी मोर्चाका साथीहरूलाई समर्पित भन्दै नेता पौडेलले आफ्नो स्टाटसमा लेख्नु भएको छ । उहाँले लेख्नु भएको छ समाजवाद ब्यक्तिबाद होइन । नत हो यो व्यक्तिवादी बिचार र दृष्टिकोण नै । हामीहरू किन पनि पूँजीवादको उन्नमूलनको कुरा गरीरहेका छौं भने विश्व  पुँजीवाद आर्थिक असमानता र मानबिय शोषणको मूलकारण  बन्न गयो ।

यो जून ढंगबाट अघि बढीरहेको छ सम्पन्नता तर्फ हैन गरीबी र विपन्नता बिचको खाडल अरू गहिरिदै गएको छ र शोषण उत्पीडनका नयाँ नयाँ रूपहरू देखा पर्दै छन् । उहाँले थप लेख्नु भएको छ-  समाजको आन्तरिक जीवनमा यसले बर्गसंघर्षलाई अरू तीखो बनाएको छ र अन्तराष्ट्रिय क्षेत्रमा दलाल पुँजीवादको एबं साम्राज्यवादी दृष्टिकोण अपनाएको छ ।

हाम्रो जस्तो गरीब राष्टहरू यही कारण  वैदेशिक  थिचोमिचो र बिदेशी रिणमा उठ्नै नसक्ने गरी भासिएका छन् । त्यसैकारणले यसमा प्रष्ट हुनुहोस् समाजवादको मूल उद्देश्य पुँजीवादको समाप्ति हो ।  पुँजीवादको उन्मूलन हो ।

the authoradmin