Tuesday, June 23

 आज प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं।  प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ।

हिजोदेखि सुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम आज पनि जारी रहनेछ।

Advertisement

संघीय संसद सचिवालयका अनुसार आज ८ वटा मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

आज रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, खानेपानी मन्त्रालय  र श्रम रोजगार तथा सामाजिक  सुरक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।

बैठक  बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।