Monday, April 20

यी ६ कारणले गयाे मन्त्री रवीन्द्र अधिकारीसहित ७ को ज्यान

काठमाण्डाै । एक वर्षअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाकाे छानबिन आयोगले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।

यज्ञप्रसाद गौतमको अध्यक्षतामा रहेकाे आयोगले दुर्घटनाकाे ६ कारणसहित सरकारलाइ प्रतिवेदन बुझाएको हाे ।

Advertisement

‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ। त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्याउँछ। त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ,’ दूर्घटनाकाे संभावित प्रमुख कारणबारे प्रतिवेदनमा भनिएको छ।

सो आयोगले दुर्घटना हुनुका ६ कारण बताएको छ। त्यसमा प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढि लोड (भार) र विग्रँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटोभन्दा छिटो त्यहाँबाट निस्कने चिन्ता बताइएको छ।

त्यसैगरि, विन्डसिल्डको बाहिरीभागमा हिउँ जमेका कारण बाहिरी दृष्य (भिजिबिलिटी) कम हुनु, संस्थाकाे पर्याप्त संचालन निगरानीको कमी र उडानपूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दूर्घटना निम्त्याउने कारणको रुपमा बताइएको छ।

समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *