Friday, July 3

सरकारका प्रवक्ता भन्छिन्- राम्रो काम गर्दा सरकार ढल्छ भने पनि आपत्ति छैन

नेपालअखबार, काठमाडाैं। सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार नढल्ने बताएकी छन्।

Advertisement

शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार ढल्ने खतरा नभएको तर राम्रो काम गर्दा ढल्छ भनेपनि कुनै आपत्ति नभएको पनि बताइन्।

Advertisement
Advertisement

प्रधानमन्त्रीले पुस्तक विमोचन कार्यक्रममा बोलेको कुरालाई लिएर राजीनामा माग्ने र संसद अवरूद्ध गर्नु दुःखद् रहेको उनको भनाइ छ। उनले यसबारेमा प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारिसकेको भएपनि र विपक्षी दलले प्रधानमन्त्रीले संसदमा स्पष्ट पार्नुपर्नेसम्मको माग राख्नुपर्नेमा सिधै राजीनामा मागेको विषयमा सरकार गम्भीर बनेको बताइन्।

Advertisement

उनले प्रतिपक्षले राजीनामा माग्ने र प्रधानमन्त्रीले राजीनामा दिने कुरा कुनैपनि लोकतान्त्रिक मुलुकमा नहुने बताइन्।

‘प्रधानमन्त्रीले संसदमा आफ्नो कुराहरू राख्नहुन्छ। आफ्ना कुरा राखिसकेपछि हामी अगाडि बढ्छौं। राजीनामा माग्दैमा डराउनुपर्ने कुरा छैन,’ उनले भनिन्।

प्रधानमन्त्रीले  असार १८ गते सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले दिल्ली पुगेर समेत छलफल गरेको बताएका थिए।

उक्त अभिव्यक्तिपछि  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरूद्ध गर्दै आइरहेको छ। एमालेले अवरोध गर्ने भएपछि आज अपराह्न तीन बजेका लागि तय भएको बैठक पनि आइतबारसम्मका लागि स्थगित भएको छ।