अर्थप्रशासनसमाचार

२० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?

नेपालअखबार, काठमाडाैं। विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने भएकाले उमेरहदका कारणले सार्वजनिक सवारीसाधन विस्थापित हुँदै आइरहेका छन् ।

दुर्घटना र प्रदूषणको प्रमुख कारक रहेको भन्दै सरकारले २०७४ सालदेखि नै २० वर्ष नाघेका पुराना सवारीसाधनमाथि प्रतिबन्ध लगाउँदै आएको छ । युरोपेली मुलुक जर्मनीमा १० वर्षकै अवधिमा पुराना सवारीसाधन विस्थापित हुँदै आएका छन् । ती मुलुकले पुराना सवारीसाधन विस्थापित गरेर नयाँ खरिद गर्नेलाई प्रोत्साहन गर्ने नीति अंगीकार गर्दै आएका छन् ।

नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनलाई यात्रुवाहक र मालवाहक तत्कालै विद्युतीयमा कन्भर्जन (रूपान्तरण) गर्न नसकिए पनि साना चारपांग्रेलाई भने गर्न सकिने पर्याप्त सम्भावना देखिन्छ ।

पछिल्लो समय निजी क्षेत्रको ई(वाहन मोटोकर्प कम्पनीले पेट्रोलियम पदार्थबाट चल्ने साना चारपांग्रेलाई विद्युतीयमा रूपान्तरणका लागि अध्ययन गरिरहेको छ । मोटोकर्प कम्पनीले अहिले हाइलक्स गाडी र आइटेन कारलाई विद्युतीय सवारीका रूपमा रूपान्तरण गर्ने काम अन्तिम चरणमा पुयाएको छ ।

ई(वाहन मोटोकर्पका संस्थापक अविरल पोखरेलले पेट्रोलियम पदार्थबाट चल्ने निजी र सरकारी चारपांग्रे सवारीसाधनलाई विद्युतीयमा कन्भर्जन गर्न सकिने बताउँछन् ।

‘हामीले सुरुआती चरणमा निजी र सरकारी चारपांग्रे सवारीसाधनलाई विद्युतीयमा रूपान्तरणका लागि काम गरिरहेका छौं,’ उनले भने, ‘पेट्रोलियम पदार्थबाट चल्ने ठुला सार्वजनिक सवारीसाधनलाई विद्युतीयमा कन्भर्जन गर्ने नसक्ने भन्ने त होइन तर अहिलेकै परिस्थितिमा मालवाहक र यात्रुवाहक सवारीसाधनलाई तत्कालै कन्भर्जन गर्न गाह्रो देखिन्छ ।’  यो समाचार नागरिक दैनिकमा छ ।

the authoradmin