Monday, November 2

समाज

संखुवासभामा उपचारका क्रममा कैदीको मृत्यु
समाचार, समाज

संखुवासभामा उपचारका क्रममा कैदीको मृत्यु

नेपालअखबार, संखुवासभा। सङ्खुवासभा जिल्ला कारागार खादबारीमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागारमा खादबारीमा कैद भुक्तान गरिएका २८ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार सङ्खुवासभाका प्रमुख जेलर धनबहादुर श्रेष्ठले जानकारी दिए। चिचिला गाउँपालिका–१ घर भएका राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ३ मृत्यु भएको जेलर श्रेष्ठको भनाइ छ। ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना गरिएको थियो। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका शनिबार दिउँसो ३ बजे विराटनगर पठाइएको थियो। कैद भुक्तान गरिरहेका राईलाई श्रीमती र कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राई सहितको प्रहरी टोलीले थप उपचारका लागि सुरुम...
चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार
धर्म/संस्कृति, समाचार, समाज

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

नेपालअखबार काठमाडौं ।  दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन्। बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन्। कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन्। चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन्। वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने आशाले उनीहरू अहिले उनीहरु उत्पादनमा केन्द्रित छन्। ‘कारोबार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ,’ खजुरीका पृतम पण्डितले भने, ‘त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौं।’ उनीहरूका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसा...
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
समाचार, समाज

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

नेपालअखबार,कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अघि बढाउन निर्देशन दिएको हो । जंगली हात्तीको आवतजावतसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलर व्यवस्थापन गर्न विभागले निर्देशन दिएको हो । रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्ने विभागको उद्देश्य छ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको...
प्राथमिक उपचार सामग्री वितरण तथा व्यावहारिक प्रशिक्षण
प्रशासन, समाचार, समाज

प्राथमिक उपचार सामग्री वितरण तथा व्यावहारिक प्रशिक्षण

नेपालअखबार,पोखरा । सडकमा दिनरात खटिएर नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ट्राफिक प्रहरी कर्मचारीको स्वास्थ्य, मानसिक सुस्वास्थ्य तथा आपत्कालीन अवस्थामा प्रभावकारी सेवा प्रवाह गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखराले विशेष स्वास्थ्य सचेतना तथा तालिम कार्यक्रम आयोजना गर्यो । ’सडकमा सुरक्षा, स्वास्थ्यमा सचेतना’ भन्ने नाराका साथ प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई लक्षित गरी शुक्रबार बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्राथमिक उपचारसम्बन्धी तालिम, तनाव व्यवस्थापनसम्बन्धी सचेतना, स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सामग्री वितरण गरिएको थियो । कार्यक्रमका प्रम...
जडीबुटी बेचेर चार करोड राजस्व असुली
अर्थ, समाचार, समाज

जडीबुटी बेचेर चार करोड राजस्व असुली

नेपालअखबार,कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरिएको छ । जडीबुटीमा प्रतिकेजी ५० रुपैयाँ राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए । यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व संकलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर ७५ रुपैयाँ रहेको छ । यार्सागुम्बा (जीवनबुटी) बाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व रहेको यार्सागुम्बाको परिमाण भने...
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
समाचार, समाज

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

नेपालअखबार, जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । “प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ”, प्रबन्ध सञ्चालक पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।” उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ । जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्कि...
सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला
समाचार, समाज

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

नेपालअखबार, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए । स्थानीयवासीले खोलामा फालिएको बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।सूचना पाएलगत्तै प्रहरी प्रमुख उपरीक्षक मल्लसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । गुप्ताको मृत्यु कसरी भयो र घटनामा को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रमुख मल्लले बताए । रासस...
सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता
दुर्घटना, समाचार, समाज

सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता

नेपालअखबार, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटनापछि सुनसरीको बराहक्षेत्रस्थित प्रहरी चौकीबाट खटिएको टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, करिब ७ वर्षीया एक बालिका र करिब ४०–५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था ...
देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते
प्रशासन, समाचार, समाज

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

नेपालअखबार, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा भएका यी घटनाबाट मानवीयसँगै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपद्मा परी घाइते भएका...
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
समाचार, समाज

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

नेपालअखबार, डडेल्धुरा । अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक रु २५ हजार बचाउछन्। १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका हुन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउछन्। घरको जेठो छोरा रहेका दीपकका भाइ पनि पढ्दै छन् । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले सुनाए । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ । दीपकजस्तै अमरगढी –७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आएका छन्। विगत छ वर्षदेखि यस क्ष...