निर्वाचन आयोगको प्रष्टीकरण : वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैन
नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले वेबसाइट तथा मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच नरहेको प्रष्टीकरण दिएको छ ।
यो विषयमा सार्वजनिक रुपमा चासो व्यक्त भएको भन्दै आयोगले विज्ञप्ति नै निकालेर यस्तो प्रष्टीकरण दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ ।’
निर्वाचन आयोगको वेवसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दावीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि आयोगले जनाएको छ ।
नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको भनिएको छ । यसका लाग...









