समाचारसमाज

इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्स: डा. भट्टराई उपाध्यक्षमा निर्बाचित

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्बाचित भएका छन् । चीनको सिचुवानस्थित अमिसानमा जुलाई ६ र ७ मा आयोजना गरिएको वैठकमा मतदानबाट डा. भट्टराई उपाध्यक्षमा निर्बाचित भएका हुन् ।

करिब १५० भन्दा बढी प्रतिनिधि बिशेषज्ञहरु सहभागी भएको कार्यक्रमबाट सो एलाइन्सको अध्यक्षमा डा. मु.लाइ निर्बाचित भएका हुन्। डा. मु. सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्सका अध्यक्ष पनि हुन् । त्यसैगरी सो बैठकले विभिन्न पद र सदस्यहरुको पनि निर्बाचन गरि चयन गरेको छ ।

सो एलाइन्सले समग्र पर्बतिय क्षेत्रको बिकासमा काम गर्दै आएको छ। पर्बतिय क्षेत्रमा बसोबास गर्ने जनताको जिबनस्तर सुधार ल्याउन प्रबिधि विकास, ज्ञान र शिप आदानप्रदान गर्दै आएको छ।

the authoradmin