समाचारसमाजस्वास्थ्य

प्रसूतिगृहमा शिशु प्रदर्शनी हुने

नेपालअखबार, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औ‌ शिशु प्रदर्शनी गर्ने भएको छ।  अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी सोमबार एक सूचना जारी गरेको हो ।

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ । प्रदर्शनी अस्पतालमा भदौ १ गते बिहान ९ बजेदेखि  हुने अस्पताले जनाएकोे छ।

प्रदर्शनीमा सहभागि गराउ चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने हुन्छ। दरखास्त बिहान ९ देखि २ बजेसम्म अस्पतालको नगद काउन्टरमा गर्नुपर्ने हुन्छ। दरखास्तका लागि एक सय रुपैयाँ लाग्ने छ ।

प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ।

357057306_970983350907363_1104405679631553955_n (1)

the authoradmin