खेलकुदसमाचार

साबिक विजेता अमेरिकाको सहज जीत

नेपालअखबार, अकल्याण्ड । लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अमेरिकी महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमा भियतनामविरुद्ध सहज जित हासिल गरेको छ । सोफिया स्मिथको दुई गोलको मद्दतले अमेरिका ३–० गोलले विजयी बनेको हो ।

स्मिथले खेलको १४ औँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएकी थिइन् । खेलको ४४ औँ मिनेटमा एलेक्स मोर्गनको पेनाल्टी भियतनामकी गोलकिपर किम थानले रोकेकी थिइन् । तर, इन्जुरी समयमा स्मिथले अर्को गोल थप्न सफल भइन् ।

दोस्रो हाफमा कप्तान लिन्डसे होरानले अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाइन् । न्युजिल्याण्डमा जारी विश्वकपमा अमेरिका समूह ईमा रहेको छ ।

भियतनामसँगै यो समूहमा नेदरल्याण्ड्स र पोर्चुगल पनि रहेका छन् । सन् २०१९ को फाइनलमा अमेरिका र नेदरल्याण्ड्स नै एक आपसमा भिडेका थिए ।

the authoradmin