Friday, July 3

यी ९ ठाउँमा भारी वर्षा भइरहेकाे छ

नेपालअखबार, काठमाडाैं। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ९ ठाउँमा भारी वर्षा भइरहेको बताएको छ।

Advertisement

महाशाखाले चितवन, दाङ, नवलपुर, पाल्पा आदि जिल्लाका ९ स्थानमा भारी वर्षा मापन भएको बताउँदै तटीय क्षेत्रमा सतर्क रहन भनेको हो।

Advertisement
Advertisement

महाशाखाले जानकारी दिएअनुसार चितवनको नारायणी, देवघाट क्षेत्रमा पछिल्लो ३ घन्टामा ५२.२ मिलिमिटर वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ११९.४ मिलिमिटर वर्षा मापन भएको छ।

Advertisement

दाङको सुखबारेमा पछिल्लो २४ घन्टामा ११० मिलिमिट वर्षा भएको छ।

त्यस्तै, दाङको गङगढीमा पछिल्लो ३ घन्टामा ३२.८, ६ घन्टामा ११३.८ र २४ घन्टामा ११८.८ मिलिमिटर वर्षा मापन भएको छ।

नवलपुरको डन्डाबजार आसपास पछिल्लो ६ घन्टामा १०९.८ र २४ घन्टामा ११४ मिलिमिटर वर्षा भएको छ। नवलपुरकै देउरालीमा पछिल्लो २४ घन्टामा १५७ मिलिमिटर वर्षा भएको छ।

पाल्पाको बल्याङगडी क्षेत्रमा पछिल्लो २४ घन्टामा २६६.६ मिलिमिटर वर्षा भएको छ। पाल्पाकै तानसेन क्षेत्रमा पछिल्लो ३ घन्टामा २६.८, ६ घन्टामा १०० मिलिमिटर र २४ घन्टामा १०३.८ मिलिमिटर वर्षा मापन भएको छ।

चितवनको भरतपुर विमानस्थल आसपास क्षेत्रमा पछिल्लो २४ घन्टामा १५७.४ मिलिमिटर वर्षा मापन भएको छ। चितवनकै रामपुर क्षेत्रमा पछिल्लो २४ घन्टामा १४३.६ मिलिमिटर वर्षा मापन गरिएकाले खोला, नदी तटीय क्षेत्रमा बाढीको अनुमान गरिएको छ।

यो बिहान ९ः०० बजेसम्मको तथ्यांक हो।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।