
मेवालाल यादव, रौतहट । तत्कालिन माओवादीका नेता प्रभु साहलाई कारवाही गर्न सर्वदलिय सर्वपक्षिय संयुक्त संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीद्धारा गठन गरिएका सर्वदलियसर्वपक्षिय संयुक्त संघर्ष समितिले मंगलवार गौरमा वृहद्ध विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पज्ञ बुझाएको हो ।
६ पार्टीद्धारा आज गौरमा निकालिएको वृहद विरोध रयालीमा अन्तरराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास वैरागी, शिक्षक सुनिल यादव, स्वास्थ्यकर्मी शुरेश यादव र हिन्दुवादी नेता काशी तिवारीको हत्या गराउने अभियुक्त तत्कालिन माओवादीका नेता आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पक्राउ गरेर कारवाही गराउन भन्दै गौर नगरभरी नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ धर्मेन्द्रकुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
२०६३ साल चैत ७ गते गौर राइस मिल्समा मधेशी जनअधिकार फोरमको निर्धारित आम सभालाई विथोल्न तत्कालिन नेकपा (माओवादी) का भातृ संगठन राष्ट्रिय मधेशी मुक्ति मोर्चाका अध्यक्ष प्रभु साहलले पनि त्यही मैदानमा कार्यक्रम गर्न मञ्च बनाएर देशका विभिन्न स्थानहरुबाट साना हतियार सहित राइस मिल्समा उतारेका थिए । साना साना हतियार लिएर आएका कार्यकर्ताहरु मधेशी जनअधिकार फोरमको मञ्चलाई तोडफोड गर्दै गोली फायरिंग गरेपछि सर्वसाधारण जनताहरु आफनो जिउधनको रक्षार्थ गरिएको प्रतिकारात्मक कार्यको परिणाम स्वरुप गौर घटना भएको थियो ।
गौर घटना आम जनताहरु आतंकारी गतिविधिबाट मर्माहत भएर गौरमा विस्थापित भएका परिणाम थियो । त्यस्तो नहुनुपर्ने घटना भयो जुन दुखद थियो उक्त ज्ञापन पत्रमा भनिएको छ । सरकारले राजनीतिक प्रकृतिका मुद्दामा निर्णय आदेश दिए कारवाही अगाडी बढ्ने छ । गौरमा मधेशी जनअधिकार फोरमको कार्यक्रम विथोल्ने तथा अराजक घटना गराउने मुख्य जिम्मेवार तत्कालिन माओवादी प्रभु साह नै रहेको ज्ञापन पत्रमा प्रष्ट पारिएको छ । नेपाल सरकारले गौर राइस मिल्समा भएको घटनाको सन्दर्भमा भएका क्षतिपुर्तीका लागि सर्बोच्च अदालतका बहाल वाला न्यायाधिशको अध्यक्षतामा न्यायिक जाँचबुझ आयोग गठन गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । जाँचबुझ आयोग र नेपाल स्थित संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगको प्रतिवेदनका आधारमा नेपाल सरकारले ७ बर्ष अघि नै प्रधानमन्त्री प्रचण्ड भएको समयमा जनताको रक्षात्मक अधिकारबाट सहादत प्राप्त गरेका व्यक्तिलाई सहिद घोषणा गरी जनही २÷२ लाख क्षतिपुर्ती दिई राजनीतिक रुपले घटना समाधान भएको ज्ञापन पत्रले राज्यको ध्यानाकर्षण गराएका छन् ।
१७ बर्ष अघि भएको गौर राइस मिल्स लगायत विभिन्न स्थानहरुमा आत्मरक्षाका लागि गरिएका प्रयासहरुलाई झुठा मुद्दा बनाएकोमा त्यस्ता झुठा मुद्दाका जाहेरी खारिज गर्न र नेपाल सरकार एवं प्रधानमन्त्रीका कार्यालयलाई ज्ञापन पत्र पठाउनुका साथै जिल्ला प्रहरी कार्यालयले उक्त मुद्दा तामिलिमा राख्न अनुरोध सर्वदलिय÷सर्वपक्षिय संयुक्त संघर्ष समितिले गरेका छन् ।
जसपा जिल्ला अध्यक्ष श्यामविहारी यादवको आक्रोशः जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष एवं सर्वदलिय÷सर्वपक्षिय संयुक्त संघर्ष समितिका सदस्य श्यामविहारी यादवले तत्कालिन मधेशी जनअधिकार फोरमद्धारा आयोजित कार्यक्रमलाई सुनियोजित रुपमा विथोल्न तत्कालिन माओवादी नेता प्रभु साहको योजनामा गराइएको विशुद्ध गौर घटना रहेको आरोप लगाए । गौरमा सुनियोजित रुपमा घटाइएका घटनाका नाइके साहलाई तत्कालै नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाउनुपर्ने माग राखे । गौर घटना एउटा राजनीति तवरबाट घटाइएको अत्यन्तै दुखद घटना भएको थियो । तर शिक्षक सुनिल यादव, अन्तरराष्ट्रिय कुस्ति खेला उपेन्द्र दास वैरागी, स्वास्थ्यकर्मी शुरेश यादव र हिन्दुवादी नेता पर्साका काशीनाथ तिवारीकोे हत्या गराउने व्यक्ति साह माथि कहिले कारवाही होला ? भन्दै आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको उनले स्पष्ट पारे ।
नेकपा एसका युवा नेता बृजकिशोर यादवः

