
नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसनबीच भेटवार्ता भएको छ।
मेलेसियाको राजधानी क्वालालम्पुरमा मंगलबार अध्यक्ष नेपाल र गृहमन्त्री बीच भेटवार्ता भएको हो। भेटमा नेपाली श्रमिककाे अवस्थाबारेमा छलफल भएकाे थियाे । नेपाल-मलेसियाबीच सम्बन्ध दुइ देश बिचकाे मित्रताबारे कुराकानी भएको थियो। अध्यक्ष नेपालले मलेशियामा काम गरि रहेकाे नेपाली कामदारकाे अवस्था बारेमा मलेसिया सरकारका गृहमन्त्री सैफुद्दीन नासुसनसंग चासाे राख्यका थिए । नेपाली कामदारकाे हकिहत र नेपालबाट जाने श्रमिककाे सिप र क्षमाता विकासकाे लागि पनि मलेसियाले थप पहल गर्न पर्ने बताउनु भयाे ।
अध्यक्ष नेपाल त्रिदेशीय भ्रमणका क्रममा इण्डोनएशीयाहुँदै मेलेसिया पुग्नु भएको हो । आइतबार अध्यक्ष अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागि हुन इन्डोनएशीया प्रस्तान गर्नु भएको थियो। अब नेपाल सिंघापुरको भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

