
नेपालअखबार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाण्डौमा आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताउनु भएको छ ।
सोमबार एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा आयोजित कार्यक्रममा मन्त्री ज्वालाले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । सेवालाई क्रमश काठमाडौँ उपत्यकामा विस्तार गरिने उहाँको भनाइ थियो ।
उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उहाँले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

