प्रविधिसमाचार

सिचुआन एयरलाइन्सले काठमाडौं–छेङ्दुको उडान संख्या बढाउने

नेपालअखबार, काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु उडान सख्या वृद्धि गर्ने भएको छ । कम्पनीले सातामा सातवटै उडान नियमित गर्नेगरी अन्तिम तयारी गरेको हो ।
हाल सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु रुटमा सातामा ४ वटा मात्र उडान भर्दै आएको छ ।

नेपाल–चीन यात्रुहरुको संख्यामा वृद्धि भएसँगै कम्पनीले आगामी अगस्टदेखि नियमित सातामा सातवटा उडान भर्ने तयारी गरेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।
कोभिड–१९ पछि रोकिएको नेपाल–चीन हवाई उडान सिचुआन एयरलाइन्सले गत मार्चबाट मात्र नियमित उडान शुरु गरेको थियो । सेप्टेम्बर लागेसँगै चिनियाँ पर्यटकको आउजाउ बढ्ने भएकाले कम्पनीले उडान थप्न लागेको जनाएको छ ।

काठमाडौं–छेङदु सातामा ४ वटा उडान गर्दै आएको कम्पनीले थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नियमित उडानका गर्न चाहेको छ । यसका लागि कम्पनीले आवश्यक गृहकार्य गरिरहेको छ ।

the authoradmin