Friday, February 20

उपराष्ट्रपति यादवद्वारा ११० फिट अग्लो राष्ट्रिय झण्डा अनावरण

नेपालअखबार,  जनकपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महोत्तरीको मटिहानी नगरपालिकामा ११० फिट अग्लो राष्ट्रिय झण्डा अनावरण छन् ।

मंगलबार मटिहानी–७ स्थित तस्मैयाबाबा उद्यानमा निर्मित ११० फिट अग्लो पोलमा राखिएको उनले उदघाटन गरेका हुन् । झण्डा उदघाटन गर्दै उपराष्ट्रपति यादवले राष्ट्रध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताए ।

Advertisement

तराई–मधेश सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपति यादवले किसानले ठूलो समस्याको सामना गर्नुपरेकोमा चिन्ता व्यक्त गरे । यस्तो अवस्थामा संवेदनशील भई समस्याको समाधान गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो ।

झण्डा उदघाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा देखिएका सिंचाइ र खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

यसको लागि आवश्यक कदम अघि बढाइएको र चाँडै नै यसको परिणाम देखिने मुख्यमन्त्री यादवले बताए ।