Thursday, July 30

दलित मुक्ति संगठन काभ्रेले गर्यो मन्त्री लम्साललाई सम्मान

नेपालअखबार, काभ्रेपलान्चोक नेकपा एकीकृत समाजवादी )  निकट दलित मुक्ति संगठन काभ्रेले बाग्मती प्रदेशका श्रम ,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साललाई सम्मान गरेको छ।

Advertisement

सोमवार बागमती प्रदेशको कार्यालय काठमाडौमा आयोजित एक समारोहबीच मन्त्री लम्साललाई  सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै मन्त्री लम्सालले ,प्रदेश  सरकारको काममा व्यस्त हुन परेको कारण सबैलाई समय दिन नसकेको भन्दै भर्खरै मात्र श्रम रोजगार तथा यातायात मन्त्रालयले यातायातको भाडा घटाएर जनताको पीडामा मलम लगाउने प्रयास गरेको बताउनुभयो ।

Advertisement
Advertisement

मन्त्री लम्सालले भन्नुभयो ,यातायातका क्षेत्रमा धेरै बेथिति र समस्यहरु छन् । त्यसलाई विस्तारै हटाउने काममा प्रदेश सरकार लागिरहेको छ। यातायात कार्यालयमा विचौलियाले जनतालाई दुख दिएका छन् , त्यसको अन्त्य जरुरी रहेको बताउँदै सबै काम अनलाइनबाट गर्ने गराउने तिर सरकारको  ध्यान केन्द्रित भएको उहाँको भनाइ थियो ।

Advertisement

दलित मुक्ति संगठन काभ्रेका अध्यक्ष मनिसवर्देवालेू, नेकपा एस काभ्रेबाट मन्त्री हुन सफल हुनु भएकोमा गर्व महसुस भएको भन्दै दलित र पिछडिएका श्रमिक वर्गले उचित पारिश्रमिक नपाए र नीति बनाएरै श्रमजीवीहरुको हितमा काम गर्न सुझाव दिनु भएको थियो ।

दलित समुदायले सानो गल्ती गर्दा घर नै जलाउने र उठिबास लगाउँदा पनि सरकार मुकदर्शक भएको आरोप लगाउदै उहाँले जातीय र वर्गीय विभेदका विरुद्ध सरकारले नै जनचेतनामूलक अभियान संचालन गर्ने पर्ने आबाश्यकता रहेको र दलित समुदायको मुद्दा प्रदेश सरकार समक्ष जोडदार रुपमा उठाउन अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा  नेपाल दलित मुक्ति संगठनका सचिव नन्दराज घतानि , नेकपा एकीकृत समाजवादी काभ्रेका सचिव गौकुल गौतम लगायत दलित मुक्ति संगठन काभ्रेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।