Sunday, May 10

शिक्षा क्षेत्रमा प्रतिवद्धताको खाँचो छ: प्रकाश ज्वाला

नेपालअखबार, काठमाडाैँ। भौतिक तथा पूर्वाधार मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले एसइई उर्तिण विद्यार्थीसँग साक्षात्कार तथा सम्मान गर्नु भएको छ।

बुधबार रसियन हाउस कमल पोखरीमा म्याचुअल एकेडेमी एक्टिभिट्स फोरमले आयोजना गरेको सम्मान कार्यक्रममा विद्यार्थीहरूसँग साक्षात्कार गर्नु भएको हो।

Advertisement

एसइई उर्तिण विद्यार्थीलाई मन्त्री ज्वालाले उत्प्ररेणा दिदै भन्नु भएको छ, ‘हामीले कुनै पनि काम गर्दाखेरी परिणाम निकाल्नेगरी काम गर्नुपर्छ। विना परिणामको कामको अर्थ रहँदैन। जस्तो खेती गर्दा अन्न फलाउन सक्नुपर्छ। ब्यापार गर्नेले नाफा निकाल्न सक्नुपर्यो। त्यस्तै अध्ययन गर्नेहरू पास हुनुपर्यो। राम्रो अंक ल्याउन सक्नुपर्यो। पढाउनेले विद्यार्थीलाई राम्रो शिक्षा दिन सक्नुपर्यो। यि जम्मै परिणामका कुरा हुन्। एसइइमा राम्रो परिणाम ल्याउनु भएकै कारण सम्मानित हुनुभएको छ।’

मन्त्री ज्वालाले अगाडि भन्नुभयो, ‘अन्नपूर्ण हिमाल चड्ने आँट भएकाले सगरमाथा चड्ने सपना देख्नुपर्यो। फेल भएँ भने रोएर, हरेस खाएर हुँदैन । कडा मेहेनत र अनुशान पूर्वक आफ्नो लक्ष्यलाई अठोटका साथ अगाडि बढाउनु पर्छ। आज शिक्षा लिन र दिनका लागि धेरै सहजता छ। केही समस्या होलान् समग्रमा शिक्षा लिनका लागि समस्या छैनन्। बरु, शिक्षा क्षेत्रमा प्रतिवद्धताको खाँचो छ। म गर्न सक्छु भन्नु पर्यो। छातिमा हात राखेर प्रतिवद्ध भएर अगाडि बढ्नुपर्छ। हामीले सफलता हात पार्छौं।’