Sunday, May 10

एकीकृत समाजवादी : कार्यालयको प्रस्ताव सचिवालयबाट अनुमोदन

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीनिकट युवा विद्यार्थी संगठनभित्रका समस्या समाधान गर्ने गरी पार्टी कार्यालयले पेश गरेको प्रस्ताव अनुमोदन गरेको छ ।

अघिल्लो सचिवालय बैठकले युवा विद्यार्थीमा देखिएको समस्या समाधान गर्न महासचिव घनश्याम भुसालसहित नेताहरु प्रकाश ज्वाला, विजय पौडेल र गंगालाल तुलाधर रहेको चार सदस्यीय कार्यालयलाई समाधानको उपायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार कार्यालयले तयार पारेको प्रस्ताव शुक्रबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको एक नेताले बताए ।

Advertisement

उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संगठन विस्तारका आयामहरुबारे आजको सचिवालय बैठकमा गम्भीर छलफल भएको बताए । उनले  पार्टी कहाँ कमजोर छ, कहाँ बलियो छ र अव के गर्ने ? भन्नेबारेमा छलफल भएको र सोही अनुसार आगामी कार्यक्रम बनाउँदै अघि बढ्ने निर्णय गरेको बताए । बै