Monday, April 20

गोरखाको मान्बु दुर्घटना अपडेट : वडा सचिवको मृत्यु, घाइते हेलिकप्टरको पर्खाइमा

गोरखा । बुधबार राती आरुघाट गाउँपालिकाको मान्बु गाउँ नजिकै धोर्चेत जंगलमा भएको बोलेरो दुर्घटनामा वडा सचिव किरण रिमालको ज्यान गएको छ ।

उनि लमजुङ घर भई हाल धार्चे गाउउँपालिका ६ मा कार्यरत थिए । त्यस्तै दुर्घटनामा धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ सहित ७ जना घाइते भएका छन् ।

Advertisement

उनिहरुलाई हाल हेलिकोप्टर मार्फत उद्दारको तयारीमा रहेको गोरखा सदरमुकामबाट राती नै घटनास्थल पुगेका नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्केले सिभिलखबरलाई जानकारी दिए ।

घाइते हुनेमा उपप्रमुख गुरुङ सहित, चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिं गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए ।

काशीगाउँमा धार्चे गाउँपालिकाले बिहिबार राखेको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष र कर्मचारीको सहितको टोली जादै गर्दा राती करिब १० बजे बोलेरो दुर्घटनामा परेको बताइएको छ ।

हाल घाइतेलाई स्थानीयले दुर्घटना स्थल धोर्चेतको जंगलबाट उद्दार गरी करिब ३० मिनेटको दुरीमा रहेको मान्बु स्वास्थ्य इकाइमा राखेको रेडक्रशका सभापति मास्केले बताए । उपचारका लागि लैजान स्थलमार्गबाट समभव नभएकाले हेलिकोप्टर मगाईएको स्थानीयले बताएका छन् ।

घाइते । तस्विर :भगवानबाबु मास्के

Leave a Reply

Your email address will not be published. Required fields are marked *