राजनीतिसमाचार

सिन्धुपाल्चोकमा अगुवा कार्यकर्ता भेला सम्पन्न

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको जिल्ला स्तरीय अगुवा भेला सम्पन्न भएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुवास कर्माचार्यलाई पार्टी हित विपरित कार्य गरेको भन्दै पार्टी केन्द्रीय सचिवालयले निष्काशन गरेपछिको उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न आयोजित भेलालाई पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य दामोदर अर्याल, अशेष घिमिरे, भगवती नेपाल, सोम सापकोटा, जिल्ला अध्यक्ष नवराज पौडेललगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो।

कार्यक्रममा उपमहासचिव खतिवडाले राजनीतिमा पदको सौदाबाजी गर्दै कित्ता अदलबदल गर्नेहरुले नै अवसरवादलाई प्रश्रय दिने काम गरेको बताउनु भएको छ। उहाँले भन्नु भयो, ‘पार्टीमा आउने जानेक्रम चलिरहन्छ। तर, पार्टी त्यसले मात्रै जोगाउन सक्छ, जसले विचार, सिद्धान्त र मूल्यको राजनीति गर्छ। यसअर्थमा सुवास कमरेडले आफ्नो राजनीतिक कद घटाउनु भएको छ। जिल्लाका इमान्दार नेता कार्यकर्ताहरुले अविचलितरहि आन्दोलनलाई तीव्रता दिन अनुरोध गर्दछुु।’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य अर्यालले भन्नुभयो, ‘दलाल पूँजिपतिवर्गले केपी ओलीलाई बुुख्याँचा बनाएर खरिद गरेकाले विद्रोह गर्नु परेको बताउनुभयो। उहाँले भन्नुुभयो, हामीले कठिन अवस्थामा कम्युुनिष्ट आन्दोलनलाई पुर्नगठन गरेका हौं। विद्रोहलाई भुल्ने र क्रान्तिलाई अलपत्र पार्ने काम कसैबाट हुनुुहुन्न।’

कार्यक्रममा केन्द्रीय सदस्य घिमिरेले आफूहरलाई क्रान्तिका बिऊ भएको स्पष्ट पार्दै कम्युनिष्ट आन्दोलनको झण्डा अवसरवादमा पतन हुन नदिने अठोट व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘सबै मान्छे कम्युनिस्ट आन्दोलनमा, सांसद मन्त्री, मेयर उपमेयर हुन लागेका हुँदैनन्, निष्ठाको झण्डा बोकेर मुल्यमा अडिनेहरूले नै वास्तवमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँदै आएका छन्। यस पाठलाई अनुसरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु हाम्रो कर्तव्य र दायित्व हो।’

कार्यक्रममा राष्टियसभा सदस्य सिंहबहादुर बिक, विभिन्न पालिकाका जनप्रतिनिधिसहित जिल्लाका सबै पालिकाबाट करिब तीन सय अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। सबै पालिकाबाट एक/एक जना नेताहरुले पालिकास्तरीय गतिविधिको जानकारी गराउनु भएको थियो।  पार्टी जिल्ला उपाध्यक्ष अनिता लामाले स्वागत मन्तव्य राख्नु भएको थियो भने पार्टी उपसचिव नरेन्द्र खड्काले सञ्चालन गर्नु भएको थियो।

sindhupalchok1691304905.jpg

sindhupalchok (2)1691304905.jpg

damodar aryal1691304903.jpg

jagannath khatiwada1691304903.jpg

the authoradmin