राजनीतिसमाचार

माओवादी संसदीय दलको बैठक : संसद् अवरोधबारे छलफल

नेपालअखबार, काठमाडौँ । सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।

केन्द्रीय समिति बैठक सम्पन्न गरिएको भोलीपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसद्मा प्रस्तुत हुने र विषय छनोट गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।

गत साउन १२ गतेदेखि भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसद्मा खेल्ने भूमिका र सरकारको पछिल्ला काम कारबाहीलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

the authoradmin