राजनीतिसमाचार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएपछि कांग्रेसले दलको बैठक बोलाएको हो ।

बैठक शुक्रबार दिनको १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक घटनाक्रम, संसदको अवरोध खुलाउनेलगायको विषयमा छलफल हुने बताइएको छ ।

संसद खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटक-पटक छलफल गर्दा पनि कुरा मिलेको छैन ।
the authoradmin