Thursday, July 16

हाम्रो पार्टी वैचारिक र सांगठनिक रूपान्तरणको दिशामा अघि बढिरहेको छ: झलनाथ खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी वैचारिक र सांगठनिक रुपान्तरणको दिशातर्फ अघि बढिरहेको बताउनु भएको छ।

Advertisement

बिहिबार एक टेलिभिजन कार्यक्रलाई अन्तरवार्ता दिदै नेता खनालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नु भएको छ,‘हामी राष्ट्रिय महाधिवेशनतर्फ उन्मुख हुँदैछ। हाम्रो पार्टी वैचारिक र सांगठनिक रुपान्तरणको दिशामा अघि बढिरहेको छ। पार्टीमा विचार विमर्श हुने कुरालाई लिएर हाम्रो पार्टीका बारेमा अनर्गल प्रचार गरिएको पाइएको छ। यो राम्रो कुरा होइन।’

Advertisement
Advertisement

नेता खनालले  अगाडि भन्नुभयो,‘आगामी महाधिवेशन पार्टीको समग्र रुपान्तरणका निम्ति हुनेछ। विचारमा रुपान्तरण, संगठनमा रुपान्तरण, सिद्धान्तमा, राजनीतिक, कम्युनिष्ट आन्दोलनको रुपान्तरण र समग्र मुलुकको रुपान्तरणका लागि प्रथम महाधिवेशन हुनेछ। पार्टीको वैचारिक कार्यदिशा ठिक हुनुपर्छ। सांगठनिक कार्यदिशा ठिक हुनुपर्छ। नीति सिद्धान्तमा हाम्रो पार्टी रुपान्तरण हुनुपर्छ।’

Advertisement

भिडियो हेर्नुहोस् 

https://www.youtube.com/watch?v=T2Jc2qa2qkM