ने पालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर भोलि (सोमबार) बिहान नेपाल फर्कने भएका छन् ।
मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल साउन २९ गते सोमबार नेपाल फर्कन लागेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्वीजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदाै १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो ।