राजनीतिविचारसमाचार

अध्यक्ष नेपालले भने- म भाग्ने खालको मान्छे होइन

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू नभागेको प्रष्टीकरण दिएका छन् । स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले  आफू चुनौतीको सामना गर्न तयार रहेको बताए ।

आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्ने कुराले नभाग्ने उनको प्रष्टीकरण थियो । नेपालले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतीको सामना गरेर अघि बढ्ने साथै ललिता निवासको जग्गा प्रकरण छानबिनमा सहयोग रहने बताए ।

अध्यक्ष नेपालले भने, ‘कागताली कस्तो प‍र्‍यो भने म जानुभन्दा एकदिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ । त्यो निर्णय भित्र ललितानिवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो । त्यसमा कता कता म प्रधानमन्त्री भएको बेलामा पनि जग्गासम्बन्धी निर्णय भएका थिए । त्यसैसँग जोडेर पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो । कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल माग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा खाने बेलामा त नभाग्ने मान्छे बद्‍मासी र कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म । तपाईहरू सबैलाई थाहा होला । सबै चुनौतीको सामना गर्ने मान्छे म, कुनै गल्ती, अपराध, भ्रष्टाचार नगरेको मान्छे म ।’

उनले आफू पूर्वनिर्धारित कार्यक्रममा गएको बताए ।

‘स्वीट्जरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) मा कार्यक्रम थियो । म यहाँबाट जाने बित्तिकै केहीले त माधव नेपाल भागे भनेर लेखे, लुकेर बसे, अब फर्किंदैनन् भने । तर मेरो बानी पनि चुनौती दिइसकेपछि तह लगाएरै छोड्ने भइसकेपछि म फर्किएँ । कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन, तर चित्त दुखेको छ, केही गरौँ भन्यो के हुन्छ, केही गरेर देखाएको पनि हो । त्यसमा गर्व छ । बालुवाटारको प्रकरणमा पनि भन्ने हो भने निवासमा कोही जाने हो भने हेर्न र भन्नसक्छ । त्यो काम कुन प्रधानमन्त्रीको पालामा शुरु भयो भन्दा सम्भवतः मेरो नाम अग्रपंतिमा आउनेछ । केही बद्‍मासी भएको छ भने छानबिन होस् । मेरो सहयोगी भूमिका रहनेछ । तर, मैले नितान्त असल मनशायले काम गरेको हुँ । सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानूनसम्मत लाग्ने छुट्याएर गर्ने भनिएको हो । मेरो कुनै पनि गलत कार्यमा संलग्नता रहेको छैन’, उनले थपे ।

सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको उनले बताए ।

the authoradmin