Sunday, May 31

काठमाडौँ विश्वविद्यालय र बागमती प्रदेशका श्रम ,रोजगार तथा यातायात मन्त्री लम्सालविच भेटघाट

नेपालअखबार, काभ्रेपलान्चोककाठमाडौँ विश्वविद्यालय धुलिखेलले बागमती प्रदेशका श्रम ,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसँग भेटघाट सहित अन्तरक्रिया गरेको छ।  विश्वविद्यालयको सभाहलमा श्रम , रोगजार तथा यातायात मन्त्रालयसँग विश्वविद्यालयले के कस्ता कार्यमा सहकार्य गर्न सक्छ भन्ने विषयमा अन्तरक्रिया तथा छलफल गरेको हो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री लम्सालले नेपालको हकमा अझै पनि प्राविधिक क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति बाहिर बाट नै ल्याउनुपर्ने अवस्था रहेको स्मरण गर्दै , देश भित्रका जनशक्तिलाई सरकारले प्राविधिक क्षेत्रमा आकर्षण दिन नसकेको स्वीकार गर्नु भयो ।

Advertisement

उहाँले भन्नुभयो ,युवालाई प्रविधि मैत्री बनाउन  सकिएको छैन । थोरै मात्रामा भएका जनशक्ति पनि विदेश पलायन भएको अवस्था छ । यो अवस्थामा कृषि , प्राविधिक तथा औद्योगिक क्षेत्रमा बागमती प्रदेशका ११९ वटा पालिकाहरूमा कस्ता सीप र दक्षता  भएका व्यक्ति छ्न त्यसको अध्ययन भइरहेको छ।  प्रदेश भरी प्राविधिक शिक्षालय  कति छन् ,कस्ता छ्न र के कस्ता उद्योग धन्दाहरू आवश्यक छ्न त्यो विषयको रेकर्ड राख्ने काम निरन्तर भैरहेको छ।  साथै बागमती प्रदेश सरकारको उक्त काममा काठमाडौ विश्वविद्यालयको सहयोग आवश्यक रहेको मन्त्री लम्सालले बताउनु भयो।

श्रम, रोजगारका क्षेत्रमा स्थानीय निकायसँग मिलेर काठमाडौ विश्वविद्यालयबाट पढाइ  सकेका योग्य जन शक्तिलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने विषयमा  चलेको  छलफलमा काठमाडौ विश्वविद्यालयले रोजगार सहितको पढाइ सन्चालन गर्न लागेको उपकुलपति प्राध्यापक डा. भोला थापाले जानकारी दिनुभयो।

अर्को थप र महत्त्वपूर्ण विषय काठमाडौ विश्वविद्यालयले ग्रीनहाइड्रोको क्षेत्र काम गरिरहेको बताउँदै डा. बिराज   थापाले भन्नुभयो  भविष्यमा ग्रीनहाइड्रोले नेपालबाट पेट्रोलियम पदार्थलाई बिस्थापित गर्न सक्ने सम्भावना रहेको छ। केयूले हाइड्रोजनबाट गाडी चलाउने गरि काम गरिरहेको छ। अब हामी छिटो भन्दा छिटो हाइड्रोजनबाट चल्ने गाडी परिक्षण गर्ने छौ ।

केयूकापुर्व उपकुलपति सुरेश राज शर्माले चढेको गाडी हाइड्रोजन बाट चलाइने पनि डाक्टर थापाले जानकारी दिनु भयो ।
उपकुलपति डाक्टर थापाले काठमाडौँ विश्वविद्यालयको समस्या र विकासको विषयमा चासो देखाउनु भएकोमा मन्त्री लम्साललाई धन्यवाद समेत दिनुभयो।