Wednesday, July 8

कार्य सम्पादन मूल्यांकनमा फेल भएका चार प्रदेश सांसदलाई जनमत पार्टीले कारबाही गर्ने

नेपालअखबार । सिके राउत नेतृत्वको जनमत पार्टीले चार प्रदेश सांसदलाई कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

Advertisement

आफ्ना १६ प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकनका लागि जनमत पार्टीले आन्तरिक मतदान गराएको थियो।

Advertisement
Advertisement

भदौ २ गते भएको अनुमोदन रेटिङको मतदानका क्रममा चार सांसद फेल भएका छन्।

Advertisement

फेल हुनेमा सिराहाका विजय साह र रमेन मण्डल छन्। साहको पक्षमा २० र विपक्षमा ७८ मत परेको थियो। मण्डलको पक्षमा २१ र विपक्षमा ७९ मत परेको थियो।

त्यस्तै महोत्तरीका कोमलकुमार यादव र सन्तकुमार साह पनि फेल भएका छन्।

यादवको पक्षमा १४ र विपक्षमा २८ मत परेको थियो। त्यस्तै साहका पक्षमा १४ र विपक्षमा २३ मत परेको थियो।

सम्बन्धित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सो पदका प्रत्यासी मतदानमा सहभागी थिए। जिल्ला परिषद सदस्य र सोही भुगोलका केन्द्रीय सदस्यसमेत मतदानमा सहभागी थिए।

अनुमोदन रेटिङमा फेल भएका सांसदहरूलाई के गर्ने भनेर पार्टीमा छलफल गर्ने जनमत पार्टीका सचिव विपी साहले  बताए।