Saturday, May 23

पोखराकी मोनिका थापालाई मलेशियामा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’

नेपालअखबार, पाेखरा। पोखराकी मोनिका थापा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मलेशियामा सम्मानित हुनुभएको छ । जोण्टा क्लव अफ पोखराका अध्यक्ष थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनल र फार्मासेटिकल रोयल इन्टरनेशनल सोसाइटी मलेशियाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका विच सम्मान गरिएको हो ।

हिमालयन हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मण्टेश्वरी किण्डर होम नेपालका निर्देशक समेत रहनुभएका थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै उक्त समारोहमा सम्मान गरिएको हो ।थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनलका भाइस चान्सलर डा.भान,थाइल्याण्डका पूर्व गर्भनर डा.यानाकोर्न, प्रिजल फाउण्डेशनका प्रेसिडेण्ट प्रिति ताग्रे, टर्कीका डा.निजम लगायतले अवार्ड प्रदान गर्नुभयो । उहाँसंगै विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य दश राष्ट्रका व्यक्तित्वहरुलाई पनि सोही समारोहमा सम्मान गरिएको थियो ।

Advertisement

सम्मानित थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको बताउनुभयो । साथै आफुलाई योग्य सम्झिएर यो अवार्ड प्रदान गर्नुभएकोमा आयोजक समितिलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।