Sunday, May 17

अनेरास्ववियूको स्थायी कमिटी बैठक भदौ ८ र ९ काठमाडोंमा हुने

नेपालअखबार, काठमाडौं नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले महाधिवेशन आयोजक कमिटी गठन गर्ने भएको छ ।

अनेरास्ववियूका  अध्यक्ष सुदेश पराजुलीले अब महाधिवेशन आयोजक कमिटी बनाएर बिदा लिन लागेको बताउनु भयो  । महाधिवेशन आयोजक कमिटी गठनको लागि भदौ ८ र ९ गते स्थायी कमिटी बैठक काठमाडोंमा बोलाइएको उहाँले बताउनु भयो  ।

Advertisement

पराजुलीले सोमबार वक्तव्य जारी गर्दै संग्ठनको आन्तरिक जीवन व्यवस्थित र गतिशील बनाउन महत्वपूर्ण भएकाले बैठकमा उपस्थित हुन सबै सदस्यलाई निर्देशन दिनुभएको छ  ।