नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेबाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हो । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै सो बैठक एमालेले बहिस्कार गरेको हो ।
Advertisement
Advertisement
बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भएको छ ।
Advertisement
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, रास्वपाका सभापति रवि लामिछाने, जसपा नेता प्रदीप यादव, जनमत पार्टीका नेता अब्दुल खान, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेश कुमार सिंहलगायतका नेताहरूको सहभागिता रहेको छ ।
राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।